नागढुंगा–नौबिसे सडक खण्ड दुई रात बन्द हुने भएको छ।
नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जारी गरेको सूचनामा उल्लेख छ।
यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ।
काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के–सितापाइला सडक प्रयोग गर्न सक्छन्।
यस्तो छ, सूचना
36
Shares
प्रतिक्रिया