ad ad

समाज


२४ घण्टामा देशका यी १५ स्थानमा ‘अति भारी वर्षा’

मौसमविद् भन्छन् : आइतबारसम्म झरी रोकिने सम्भावना छैन
२४ घण्टामा देशका यी १५ स्थानमा ‘अति भारी वर्षा’

तनहुँको म्याग्दे खोलामा शनिबार आएको बाढीले डुबानमा परेको जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित घुम्ती बजार। तस्बिर : रासस


नेपालखबर
असार २२, २०८१ शनिबार १४:४२, काठमाडौँ

विगत २४ घण्टामा देशका १५ स्थानमा ‘अति भारी वर्षा’ भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आज (शनिबार) दिउँसो २:१५ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पाल्पाको कमलगाउँमा ३९७.४ मिलिमिटर वर्षा भएको छ भने दाङका मात्रै ५ ठाउँमा अति भारी वर्षा भएको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पानीको मात्रा २०० मिलिमिटर नाघेपछि अति भारी वर्षा भनिन्छ।

तर ३ सय मिलिमिटर नाघेपछि के भनिन्छ भन्ने विषयमा मापदण्ड निर्धारण नगरिएकाले यसलाई पनि अति भारी वर्षामै गणना गर्नुपर्ने उनको भनाइ छ। 

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा अति भारी वर्षा भएका १५ स्थान यी हुन्

-पाल्पाको कुमालगाउँमा ३९७.४ मिलिमिटर

-पाल्पाको जाल्पामा २९८.६ मिलिमिटर

-पाल्पाकै गण्डकोट २९२ मिलिमिटर

-पाल्पाकै अर्चलेमा २७४ मिलिमिटर

-स्याङ्जाको मलुंगामा २६८.८ मिलिमिटर

-स्याङ्जाकै स्याङ्जा स्टेसनमा २६८ मिलिमिटर

-दाङको लमहीमा २६०.८ मिलिमिटर

-दाङको घोराहीमा २४८ मिलिमिटर

-दाङकै रतनमाटामा २४६ मिलिमिटर

-दाङकै बगासोतीमा २४३.४ मिलिमिटर

-अर्घाखाँचीमा २१६.२ मिलिमिटर

-नवलपुरको देउरालीमा २०७.४ मिलिमिटर

-पाल्पाको बल्ड्याङगाडीमा २०४.२ मिलिमिटर

-कास्कीको लामापाटनमा २०३.२ मिलिमिटर

-दाङको लालमटियामा २०२.८ मिलिमिटर (स्रोत: मौसम पूर्वानुमान महाशाखा)

वर्षा रोकिने सम्भावना छैन : मौसमविद्
मौसमविद्का अनुसार विगत २४ घण्टादेखि देशका अधिकांश भूभागमा वर्षा जारी छ। 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो क्रम आइतबारसम्म जारी रहने देखिन्छ। 

‘यस विषयमा हामीले केही दिनअघि नै विशेष बुलेटिन जारी गरेर जानकारी गराइसकेका छौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .