ad ad

समाज


कीर्तिपुरबाट बागमतीमा फसेका ३ जनाको सकुशल उद्धार

कीर्तिपुरबाट बागमतीमा फसेका ३ जनाको सकुशल उद्धार

नेपालखबर
असार २२, २०८१ शनिबार १७:४१, काठमाडौँ

लगातारको वर्षाका कारण बहाव बढेको बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धारका भएको छ।

शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि  सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको थियो।

उद्धार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्दारगण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा ५ जना गोताखोरसहित १५ परिचालन गरिएको थियो।

त्यस्तै सशस्त्रको न. १८  निलबाराहीगण किर्तिपुरबाट १० जनाको टोली खटाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .