ad ad

समाज


यी १३ ताजा तस्बिरमा हेर्नुहोस् वर्षाका बबन्डर

यी १३ ताजा तस्बिरमा हेर्नुहोस् वर्षाका बबन्डर

दाङस्थित बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका-१२ को बरिया गाउँ जोखिममा। तस्बिरः नारायणी रजौरे/रासस


नेपालखबर
असार २३, २०८१ आइतबार १०:२१, काठमाडौँ

अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ। 

बाढी, पहिरो तथा हिलोले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ। 

यसै क्रममा हेर्नुहोस् यी भयावह १३ तस्बिर

वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको मैदान। शुक्रबारदेखि निरन्तर वर्षाका कारण धनगढीका अधिकांश होचा भूभाग जलमग्न भएका छन्। तस्बिरः तिलकराज ओझा/रासस

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती। बबई नदीमा १० वर्षपछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती। बबई नदीमा १० वर्षपछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङस्थित बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका-१२ को बरिया गाउँ जोखिममा। तस्बिरः नारायणी रजौरे/रासस

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुरमा वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका दर्जनभन्दा बढी मालबाहक ट्रक। घोराही–तुलसीपुर सडकको सेवार खोलामा पुल बनाउने क्रममा सडक बिग्रेकाले वैकल्पिक मार्गबाट सवारीसाधन आवातजावत गर्ने गरेका हुन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै मनाङ सदरमुकाम आसपासका  क्षेत्रमा उच्च  सतर्कता  अपनाउन जिल्ला  प्रसाशन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ। तस्बिरः नवीन लामिछाने/रासस

रुकुमपूर्वमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग। रानीकोटस्थित सडकमा पहिरो झरेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन। तस्बिरः सर्जना कार्की/रासस

सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी ब्यारेजमा देखिएको पानीको बहाव। आज बिहान पानीको बहाव अत्यधिक बढेपछि ब्यारेजका ४१ ढोका खोलिएको सप्तकोसी जलमापन केन्द्रले जनाएको छ। तस्बिरः अरुणकुमार यादव/रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ गामी छाक्रामा पहिरोले क्षति पुर्‍यायाएको सामुदायिक भवन। तस्बिरः मिला दरै/रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका-६ शान्तिकुनास्थित शिवाल मन्दिर परिसर र प्रगति टोलमा पहिरो गएपछि त्रिपालले छोपिएको। पहिरोले जनसेवा मोटरमार्गमा क्षति पुग्नुका साथै बस्ती जोखिममा परेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएकाको आइतबार बिहान खोजी गरिँदै। पहिरोमा पुरिएर बेपत्ता एक महिलाको शव भेटिएको छ भने दुई जना बेपत्ता छन्। तस्बिरः कृष्ण न्यौपाने/रासस

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिमा वर्षाका कारण सडक हिलाम्य भएपछि आइतबार बिहान फसेको गाडी। हिलोमा गाडी फसेपछि यो खण्ड अवरुद्ध भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीमा फसेका सवारीसाधन। शनिबारदेखि अवरुद्ध सडकमा आइतबार बिहान एकतर्फी यातायात सञ्चालनमा आए पनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रूपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न आग्रह गरिएको छ। तस्बिरः मिला दरै/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .