ad ad

समाज


पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

नेपालखबर
असार २५, २०८१ मंगलबार ७:२, काठमाडौँ

अविरल वर्षापछि पहिरो जाँदा अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ। 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ। 

सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

पाँचखाल नगरपालिका-८ स्थित सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो। गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन्। 

साना सवारीसाधनलाई वैकल्पिक बाटोबाट पठाएको प्रहरीले जनाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन शुरु गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .