हाल (मंगलबार साँझ) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै राति कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी तथा कोसी प्रदेशकै एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानआसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ छ।
4.1k
Shares
प्रतिक्रिया