ad ad

समाज


त्रिशूलीमा बेपत्ता ५४ यात्रु र २ बस खोज्न गोताखोरसहित ७० जना परिचालन

त्रिशूलीमा बेपत्ता ५४ यात्रु र २ बस खोज्न गोताखोरसहित ७० जना परिचालन

घटनास्थल


सुनिता विष्ट
असार २८, २०८१ शुक्रबार १०:४०, हेटौँडा

नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान गएको पहिरोले दुई वटा बस बगाउँदा बेपत्ता भएका झण्डै ५४ जना यात्रु खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरएिको छ। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको फौजले घटनास्थलमा पुगेर बिहानैदेखि उद्धार कार्य सुरु गरेको। 

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

शुक्रबार बिहान साढे तीन बजे सो सडकखण्डको सिमताल भन्ने ठाउँँमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा खसाएको हो।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। 

काठमाडौँबाट गौर जान जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बस पहिरोसहित त्रिशूलीमा खसेका हुन्। घटना स्थलमा उद्धारको थालनी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .