ad ad

समाज


दिनभर खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई बस, आजै सुरक्षा निकायको बैठक बस्ने

दिनभर खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई बस, आजै सुरक्षा निकायको बैठक बस्ने

घटनास्थल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:४७, काठमाडौँ

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस खोज्ने कार्य स्थगित भएको छ। 

शुक्रबार साँझ ६ बजेसम्म खोज्दा पनि बसहरू नभेटिएपछि आजको लागि खोजी कार्य स्थगित भएको हो। 

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, भोेलि बिहानबाट कसरी खोजीमा जाने भन्नेबारे आजै बेलुकी सुरक्षा निकायको बैठक बसेर छलफल हुनेछ। 

शुक्रबार सशस्त्र प्रहरीको ११ गोताखोरसहित ७० जना खोजीकार्यमा खटिएका थिए। त्यस्तै, नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि खोजी कार्यमा जुटेको थियो।

बिहान साढे १० बजेदेखि खोजीकार्य सुरु भएको हो।

पर्साबाट काठमाडौँ र काठमाडौंबाट गौर जाँदै गरेका दुईवटा बस एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। 

दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .