नारायणी नदी किनारामा पर्ने नवलपरासी पूर्वको मध्यविन्दुमा एक पुरुषको शव फेला परेको छ।
आज बिहान ८ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- २ भुटाहास्थित नारायणी नदीको टापुमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको हो।
उक्त शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १३ जना र नेपाल प्रहरीको संयुक्त टोलीले शव फेला पारेको हो। उक्त शव गएको शुक्रबार त्रिशूलीमा खसेको बसको यात्रुको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
48
Shares
प्रतिक्रिया