ad ad

समाज


सर्वोच्चभित्रै ट्युसन सेन्टर चलाएपछि तालाबन्दी

सर्वोच्चभित्रै ट्युसन सेन्टर चलाएपछि तालाबन्दी

नेपालखबर
साउन १६, २०८१ बुधबार १८:५१, काठमाडौँ

लोकसेवा आयोगले लिने परीक्षाको तयारीका लागि सर्वोच्च अदालभित्रै ट्युसन सेन्टर संचालन गरेपछि त्यसको विरोधमा तालाबन्दी भएको छ।

नेपाल न्याय सेवा समूह अन्तर्गत लोक सेवा आयोगले लिने उपसचिव तहको परीक्षाको तयारीका लागि प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ  उठाएर ट्युसन सेन्टर चलाएपछि नेपाल राष्ट्रिय कर्मचारी संगठनले तालाबन्दी गरेको छ। 
तयारी कक्षा संचालनका लागि निकालिएको सूचना

सर्वोच्च अदालतको एनेक्स भवनमा ट्युसन सेन्टर संचालन गर्न नेकपा एमाले निकट कर्मीचारी संगठनले सूचना समेत जारी गरेको थियो। उक्त सूचनामा साउन १५ देखि कक्षा संचालन गर्ने र भर्नाको अन्तिम म्याद साउन १३ गतेसम्म रहेको उल्लेख गरेको छ। 

व्यापारिक प्रयोजनार्थ ट्युसन सेन्टर संचालन गर्न दिएको विरोधमा सर्वोच्चका मुख्य रजिष्टार देवेन्द्रराज ढकाल मौखिक गुनासो गरेपनि त्यसको सुनुवाई नभएपछि ताला लगाउनु परेको माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको भनाइ छ। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .