ad ad

समाज


सिधाकुराको निर्णय भदौ ६ गते सुनाइने

सिधाकुराको निर्णय भदौ ६ गते सुनाइने

नेपालखबर
साउन १७, २०८१ बिहिबार १८:२२, काठमाडौँ

सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा आगामी भदौ ६ गते  निर्णय सुनाइने भएको छ। बिहीबार ९ न्यायाधीशको इजलासमा भएको सुनुवाइपछि भदौ ६ गतेका लागि निसुको आदेश भएको हो। 

१५ दिनभित्र बहस नोट पेस गर्ने पनि आदेश भएको छ।

यो मुद्दा सुनुवाइ गर्न सर्वोच्चले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको बृहत् इजलास गठन गरेको थियो।

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्। 

सिधाकुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

सोही मुद्दाको छिनोफानो गर्न गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले दिएको आदेशबमोजिम आज बृहत् आकारको ९ सदस्यीय इजलास गठन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .