ad ad

समाज


पासाङ ल्हामु शेर्पाको नाममा अमेरिकाले गर्‍यो चन्द्रमाको क्रेटर नामकरण

पासाङ ल्हामु शेर्पाको नाममा अमेरिकाले गर्‍यो चन्द्रमाको क्रेटर नामकरण

नेपालखबर
साउन २०, २०८१ आइतबार २१:३५, काठमाडौँ

नेपाली प्रथम सगरमाथा आरोही महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नामकरण गरिएको छ।

पासाङ ल्हामुको नाममा अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण नियोग (यूएसजीएस) ले साउन १४ (जुलाई २९) मा चन्द्रमा क्रेटरको नामकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट सार्वजनिक गरेको छ।

चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको स्मरणमा ल्हामु नामकरण गरिएको हो। ल्हामु क्रेटरको डायमिटर १.४० किलोमिटर छ। 

पासाङ ल्हामुले २०५० वैशाख १० मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। फर्किने क्रममा बाटैमा उनको निधन भएको थियो।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। उनका नाममा हुलाक टिकट प्रकाशन, राजमार्ग र हिमालचुलीको नामकरणसमेत गरिएको छ। उनका नाममा चलचित्र तथा वृत्तचित्र निर्माण गरिएका छन्। उनलाई साहसिक महिलाको प्रतीकका रूपमा लिइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .