ad ad

समाज


मोटरसाइकल चोरीमा संलग्न तीनजना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न तीनजना ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १८:०, काठमाडौँ

ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई,  सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बागमती गाउँपालिका ३ घर भएका २१ वर्षीय प्रेम बहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

शंकास्पद अवस्थामा फेला परेको प्रदेश २-०२-०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित भट्टराई र राईलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। अनुसन्धान गर्दा वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प २५ १३ रहेको मोटरसाइकल पाख्रिनबाट लिएको खुल्न आएको छ।

उक्त मोटरसाइकल काठमाडौंको माछापोखरीबाट यही साउन २३ गते हराएको भनि खोजतलासको लागि श्यामलाल लोप्चन तामाङले निवेदन दिएका थिए।

अनुसन्धान तथा खोजतलासको क्रममा पाख्रिनलाई भक्तपुरको कौशलटारबाट बागमती प्रदेश ०२-०४९ प ०२ ०९ नम्बरको केटीएम ड्युक मोटरसाकल र लक तोड्न प्रयोग हुने औजार सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

उक्त मोटरसाइकल यही साउन २२ गते भक्तपुरको लोकन्थलीबाट हराएको भनी कैलाश लोक्ताम  लिम्बुले खोजतलासको लागि निवेदन दिएका थिए।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन्।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .