ad ad

समाज


काठमाडौँको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौँको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

नेपालखबर
भदौ १०, २०८१ सोमबार ९:३, काठमाडौँ

काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जानकारी दिए।

‘गएराति करिब १:४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए,’ एसपी अधिकारीले नेपालखबरसँग भने, ‘उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा उनको मृत्यु भएको हो।’ 

बान्तवाले काठमाडौँ महानगरपालिका- १० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए। 

उनको हत्या कसले र किन गर्यो खुलेको छैन। ‘घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ,’ एसपी अधिकारीले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .