ad ad

समाज


एआईजी ज्ञवालीसहित ५ जनाको रिटमा अन्तरिम आदेश भएन, छलफलमा बोलाइयो

एआईजी ज्ञवालीसहित ५ जनाको रिटमा अन्तरिम आदेश भएन, छलफलमा बोलाइयो

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १६:५९, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा  सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलमा बोलाएको छ। 

बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो।

अबको इजलासबाट मात्रै प्रहरीहरू उमेरहदका कारण अवकाश हुने वा नहुने भन्ने टुंगो लाग्नेछ। 

अवकाश हुन लागेका एआईजी ज्ञवालीसहितले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

उमेर हदका कारण अवकाश हुन लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा ज्ञवाली भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका छन्। 

यस्तै, डीआईजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्। 

एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी अवकाश भएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुनेछन्।

डीआईजी राजेशनाथ बास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .