मनाङको थोचे आसपास आज (शनिबार) बिहानै भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ४७ मिनेटमा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले यो परकम्प नभएर भूकम्पै भएको बताए।
‘तर यो क्षति पुर्याउने खालको भूकम्प होइन’, उनले भने।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिम भएको क्षेत्र देश मानिन्छ।
672
Shares
प्रतिक्रिया