तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक किशोर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।
उनले भने, ‘नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन। खोजी जारी छ।’ रासस
258
Shares
प्रतिक्रिया