ad ad

समाज


सिञ्जा गाउँपालिकाका ९६ प्रतिशत नागरिक साक्षर

सिञ्जा गाउँपालिकाका ९६ प्रतिशत नागरिक साक्षर

नेपालखबर
असोज ४, २०८१ शुक्रबार ५:४३, जुम्ला

जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर भएका छन्। पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ। 

साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शङ्कर धितालले बताए। 

बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ। मूल्याङ्कन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ। 

पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .