नेपाली सेनाको टोली संयुक्त अभ्यासका गर्न चीन प्रस्थान गरेको छ। शुक्रबार दिउँसो चीनमा हुने संयुक्त अभ्यासका लागि टोनी प्रस्थान गरेको हो।
चिनियाँ सेना र नेपाली सेनाबीच ‘एक्ससाइज सगरमाथा फ्रेण्डसिप’ सञ्चालन हुँदै आएको थियो। तर यो अभ्यास कोभिडका कारण रोकिएको थियो।
कोभिडपछि सञ्चालन हुन नसकेको अभ्यास यसैवर्षदेखि सञ्चालन हुन लागेको हो।
भोलि भदौ ५ गतेखेदि १५ गतेसम्म अभ्यास सञ्चालन हुनेछ।
यसअघि नेपाली सेना र अमेरिकी सेनाबीच पनि संयुक्त अभ्यास भएको छ। उक्त अभ्यास भने नेपालमै भएको हो। अमेरिकी सेनासँग संयुक्त अभ्यास गरेको अर्को साता चीनमा पनि नेपाली सेनाले संयुक्त अभ्यास गर्न लागेको हो।
यो अभ्यास पालैपालो नेपालमा र चीनमा हुँदै आएको छ।
30
Shares
प्रतिक्रिया