संविधान दिवसमा देशकै अपमान हुने गतिविधि गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको दिन राष्ट्रहित प्रतिकुल क्रियाकलाप गरेको आरोपमा पर्वतको पैयू गाउँपालिका ३ घर भई हाल काठमाडौंको नागार्जुन बस्ने ६० वर्षका टिकाराम भुसाललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसरले उनलाई अदालतबाट राज्यविरुद्धको कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको एसपी नवराज अधिकारीले जानकारी दिए।
भुसालले संविधान दिवसको दिन दिउँसो ३ बजे काठमाडौंको माइतीघर क्षेत्रमा नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरेको प्रहरीको आरोप छ।
330
Shares
प्रतिक्रिया