देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।
प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्।
धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।
तस्बिरहरूः
186
Shares
प्रतिक्रिया