सर्वोच्च अदालत प्रशासनले अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेनासम्बन्धी मुद्दा चलाउने तयारी गरेपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ।
नेपाल बारसहित उपत्यकाका अन्य बार एकाइका पदाधिकारी पनि बैठकमा सामेल छन्।
गत असोज ११ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चले घिमिरेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो।
मुद्दा दर्ताको तयारीबारे थाहा पाएपछि बारको बैठक बसेको हो। बैठकपछि साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने तयारी पनि बारले गरेको छ।
आजै सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) दुई घण्टासम्म बसेको थियो। फुलकोर्टले घिमिरेको अभिव्यक्ति गम्भीर भएकाले कानुनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो।
522
Shares
प्रतिक्रिया