ad ad

समाज


डीआईजी पोखरेल अवकासमा

डीआईजी पोखरेल अवकासमा

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:५, काठमाडौँ

नेपाल प्रहरीका प्रहरी नायव महानिरक्षिक (डीआईजी) यज्ञ विनोद पोखरेल अवकास भएका छन्। 

उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकास भएका पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले सोमबार बिदाई गरेका छन्। 

अवकास नजिकै पोखरेललाई आर्थिक अनियमितताको आरोपमा मधेस प्रदेश प्रमुखबाट हटाइएको थियो। 

तर बिदाई कार्यक्रममा भने एआईजी राईले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका पोखरेलले सम्पन्न गरेको बताए। निमित्त प्रहरी प्रमुख राईले पोखरेललाई मायाको चिनो पनि प्रदान गरे। 

पोखरेल २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए। झण्डै एक वर्ष अघि नै उनी उमेर हदका कारण सोमबार अवकास भएका हुन्। 

पोखरेलको अवकाससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या तीन पुगेको छ। एक जना एआईजी पनि रिक्त रहेकाले एक जना डीआईजीलाई एआईजीमा बढुवा गरेपछि चार जना एसएसपी डीआईजीमा बढुवा हुने बाटो खुल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .