ad ad

समाज


धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

नेपालखबर
असोज १५, २०८१ मंगलबार १७:४६, काठमाडौँ

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन्। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा ५०–५० हजार रूपैयाँ धरौटी माग गरेको थियो। 

मंगलबार नै सो रकम बुझाएपछि प्रसाईं रिहा भएका हुन्।

हेर्नुहोस् भिडिओ :

उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टीका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो।

उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो।

८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .