ad ad

समाज


काठमाडौँमा प्रहरीले सुरु गर्‍याे नयाँ सजाय : लकडाउन उलंघन गर्नेलाई दुई घन्टा सडकमै ‘होल्ड’

काठमाडौँमा प्रहरीले सुरु गर्‍याे नयाँ सजाय : लकडाउन उलंघन गर्नेलाई दुई घन्टा सडकमै ‘होल्ड’

नेपालखबर
चैत १६, २०७६ आइतबार ३:५९,

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले आह्वान गरेको लकडाउन उलंघन गर्ने ६ सय भन्दा बढीलाई आइतबार बिहान प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ।

पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले लकडाउन उलंघन गर्नेलाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना कक्षा दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो।

आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५ सय १२ पुरुष र १ सय ५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकाहरुलाई सडकमै सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ।

सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ।

उपत्यकाका तीनै जिल्लामा यो नियम लागू गरिएको पोखरेलले जानकारी दिए।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन आदेश जारी गरेको हो।

यो आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ। अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .