ad ad

समाज


कोरोनाबाट अमेरिकामा चीनमा भन्दा धेरैको मृत्यु, संक्रमित पनि दोब्बर

कोरोनाबाट अमेरिकामा चीनमा भन्दा धेरैको मृत्यु, संक्रमित पनि दोब्बर

नेपालखबर
चैत १९, २०७६ बुधबार ०:१७,

अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनको संख्या यसको उद्गस्थल मानिएको चीनको भन्दा माथि पुगेको छ। संक्रमितको संख्या झन् दोब्बर भएको छ।

बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ६ पुगेको हो। चीनमा याे संख्या अहिलेसम्म ३ हजार ३ सय ९ छ।

अमेरिकामा कोरोना संक्रमणले सबैभन्दा बढी न्युयोर्कमा ९३२ जनाको मृत्यु भएको छ। यस्तै न्युजर्सीमा २४७ र वासिङटनमा १५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमतिको संख्या पनि चीनको भन्दा दुई गुणा बढी भइसकेको छ। अमेरिकामा कोरोना भाइरसबाट १ लाख ८७ हजार ९ सय १९ जना संक्रमित भइसकेका छन् भने चीनमा याे संख्या ८२ हजार २७८ मात्र छ।

यसरी कोरोना भाइरसको सुरुवात भएको चीनमा भन्दा आफ्नो देशमा बढी मानव क्षति भएपछि अमेरिकाले कोरोना रोकथाम अभियानलाई ३० दिन लम्ब्याएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका लागि आगामी २ हप्ता अन्यन्त चुनौतीपूर्ण भएको बताएका छन्।

उनले मंगलबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘देशमा एउटा अभूतपूर्व चुनौती देखापरेको छ, हामी एउटा घातक भाइरससँग युद्ध गरिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .