न्युयोर्क सहरका प्रसिद्ध रियल स्टेट व्यवसायी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र स्टेन्ली चेराको कोरोना भाइरसबाट मृत्यु भएको छ। उनी ८० वर्ष हाराहारीका थिए।
उनी रिपब्लिकन पार्टी र ट्रम्पका प्रमुख दातामध्ये एक हुन्।
सन् २०१६ देखि २०१९ को बीचमा चेराले ट्रम्पका लागि ४ लाख डलरभन्दा बढी चन्दा दिएका छन्।
गत वर्ष ट्रम्पले सार्वजनिक कार्यक्रममै चेराको प्रशंसा गरेका थिए।
मार्च २४ मा उनी अस्पताल भर्ना भएका थिए। एजेन्सी
प्रतिक्रिया