कोरोना भाइरसको त्रासपछि गत मार्च २५ देखि अप्रिल १४ सम्म भारत लकडाउन गरिएको थियो।
कोरोना संक्रमित र मृतक संख्या दैनिक बढ्न थालेपछि सरकारले आज मे ३ सम्म लकडाउनको समय बढाएको हो।
यसबीचमा हालै कर्नाटकका एक १७ वर्षका किशोरले उनका साथीलाई सुटकेसमा राखेर आफ्नो घर लान खोजेका छन्।
हाउजिङ कम्प्लेक्समा परिवारसँग बस्ने किशोरले लकडाउनको समयमा अल्छी लागेपछि साथीलाई अपार्टमेन्टमा लगेर खेल्ने योजना बनाएका थिए।
तर जब उनी सुटकेस बोकेर हाउजिङ कम्प्लेक्स छिरे त्यहाँका अन्य मानिसहरुलाई उक्त सुटकेस शंकास्पद लाग्यो।
उनीहरुले प्रहरीलाई खबर गरेपछि दुवै किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विद्यार्थी उनीहरुलाई सम्झाई बुझाई छाडेको बताइएको छ।
भारतमा हालसम्म १० हजार ५४१ कोरोना संक्रमित छन्। त्यहाँ ३५८ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया