ad ad

समाज


जनकपुरमा बाटोमा पैसा फालेर त्रास फैलाउने दुई महिला पक्राउ

जनकपुरमा बाटोमा पैसा फालेर त्रास फैलाउने दुई महिला पक्राउ

शैलेन्द्र महतो
बैशाख ६, २०७७ शनिबार ९:३५,

जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाएको छैन। उनीहरुलाई केही बेरपछि सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फालेर फरार भएका थिए।

त्यसपछि कोरोना फैलाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खैलाबैला मच्चिएको थियो। प्रहरीले ती नोटहरु जम्मा गरेर अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो भने ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो। 

याे पनिजनकपुरको बाटाेमा नोट फाल्ने महिला सीसीटीभी फुटेजमा, कोरोना फैलाउन फालेको आशंकामा अनुसन्धान जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .