ad ad

समाज


महोत्तरीमा एक पुरुषको हत्या, गाउँकै मकैबारीमा भेटियो शव

महोत्तरीमा एक पुरुषको हत्या, गाउँकै मकैबारीमा भेटियो शव

नेपालखबर
बैशाख २९, २०७७ सोमबार २:५,

महोत्तरीको गौशाला नगरपालिका ४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको शव फेला परेको छ।

आइतबार गाउँकै मकै बारीमा ठाकुरको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ। यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानका आधारमा अनुसन्धान थालिएको गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ र कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .