ad ad

समाज


जनकपुरका दुई संक्रमित पत्रकार र पुस्तक पसल सञ्चालक, दुवै निरन्तर सम्पर्कमा थिए

जनकपुरका दुई संक्रमित पत्रकार र पुस्तक पसल सञ्चालक, दुवै निरन्तर सम्पर्कमा थिए

शैलेन्द्र महतो
बैशाख ३१, २०७७ बुधबार ६:४९,

जनकपुरका दुई कोरोना संक्रमितमध्ये एकजना पत्रकार पनि रहेको खुलासा भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति पुष्टि गरेको जनकपुरका ४० वर्षीय पुरुष पत्रकार रहेको जनाएको छ। उनी जनकपुरको शिवचोक क्षेत्रका हुन्।

यस्तै कोरोना संक्रमित पुष्टि भएका महोत्तरीका ३५ वर्षीय पुरुष हाल जनकपुरधाम उपमहानगरपालिका ४ पीडरियामाइथान नजिक बसेर जनकपुरको शुकरबारी बजार नजिक पुस्तक पसल सञ्चालक रहेका छन्।

संक्रमित पत्रकार र ती पुस्तक सञ्चालक एकअर्काका परिचित रहेको बताइएको छ। उनीहरु दैनिक रुपमै प्रायः भेटघाट र गफगाफ गर्ने गरेका थिए। तर, उनीहरुलाई कहाँबाट, कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन।

दुबैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर स्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामनुन सिंहले जानकारी दिए।

यस्तै शिवचोक र पिडरिया माइस्थान एरिया सिल गरी कन्ट्याक्ट ट्रेसिङको काम गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .