ad ad

समाज


२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रदेशिक अस्पताल जनकपुरका चिकित्सक पक्राउ

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रदेशिक अस्पताल जनकपुरका चिकित्सक पक्राउ

शैलेन्द्र महतो
बैशाख ३१, २०७७ बुधबार ७:७,

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी डा. राजेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको डीएसपी कार्कीले बताए।

चिकित्सक मण्डललाई उजुरी दिएकै दिन पक्राउ गरी उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .