काठमाडौंको निजी अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी थालिएको छ।
गण्डकी स्वास्थ्य बिज्ञान पतिष्ठानले उनको परिवारसँग समन्वय गरि यो काम थालेको जनाएको छ।
पोखरा–८ निवासी उनी ३ दिनअघि बिरामी भएपछि यहाँको गण्डकी मेडिकल कलेज लगिएको र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
पोखरामा हालसम्म कोरोना नदेखिएकोमा यो संक्रमणसँगै त्रास बढेको छ। ती व्यक्तिको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ भने परीक्षणको तयारी पनि गरिएको छ।
प्रतिक्रिया