सडक भरिने गरी ठूलो ब्यानर लगाइएको जसरी नै ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको छ।
अमेरिकी राष्ट्रपतिको निवास तथा कार्यालय ह्वाइट हाउस जाने सडकमा रंगभेदविरुद्ध आवाज उठाउन यस्तो गरिएको बताइएको छ।
वासिङ्टन, कोलम्बियाका मेयर मुरियल बोसरकै सल्लाहमा शुक्रबार जातीय समानताका लागि उक्त कार्य गरिएको सीएनएनले जनाएको छ।
हाल अमेरिकामा रंगभेदविरद्धको आन्दोलन जारी छ। अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडलाई प्रहरीले हथकडी लगाएर घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेपछि उनको मृत्यु भएको थियो।
प्रहरीको रंगभेदवादी मनस्थितीकै कारण जोर्जको हत्या भएको भनेर यतिबेला अमेरिकाभर प्रदर्शन जारी छ।
यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’
6
Shares
प्रतिक्रिया