२९ वर्षका ज्याकोब रोबर्ट्सको इनारमा खस्दा खुट्टा भाँचिएको थियो। सोही कारण उनी चार मिटर गहिरो इनारबाट बाहिर निस्कन नसकेको एएफपीले जनाएको छ।
बालीको सुनसान क्षेत्रमा आफ्नो गाईवस्तुलाई घाँस खोजिरहेका एक स्थानीय बासिन्दाले रोबर्ट्सले चिच्याएर सहयोग मागेको सुनेपछि उनलाई उद्धार गर्न सकिएको हो।
‘उनी दुब्ला र घाइते देखिन्थे’ साउथ कुटाका प्रहरी प्रमुख युसाक अगस्टिनस् सुआईले भने।
स्थानीय उद्धार अधिकारी गेडे डारमडाका अनुसार तीन जना उद्धारकर्ताले एउटा स्ट्रेचरको सहायताले रोबर्ट्सलाई बाहिर निकालेका थिए।
रोबर्ट्सलाई स्थानीय अस्पतालमा लगिएको छ। बालीको चर्चित पर्यटकीय क्षेत्र नुसा डुआको नजिकै पेकाटु गाउँ रहेको छ।
प्रतिक्रिया