ad ad

समाज


मृत्युको १९ घण्टापछि बल्ल उठ्यो संक्रमितको शव

मृत्युको १९ घण्टापछि बल्ल उठ्यो संक्रमितको शव

वाशुदेव मिश्र
जेठ २६, २०७७ सोमबार १३:५५,

पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको शव झण्डै १९ घण्टापछि मात्रै उठेको छ।

आइतबार राति ११ः३० बजे संसार छाडेका वालिङ–३ का ५९ वर्षीय गुरुङ थरका वृद्धको शव करिब ६ः३० बजेतिर मात्रै माटोमा मिलाइएको हो। अस्पतालमा नर्सहरुले प्लाष्टिकमा बेरिदिएको शव कसले उठाउने, कसरी र कहाँ लग्ने भन्ने गलफतिमै दिन बित्दा यो अवस्था आएको हो।

घटनाले कोरोना संक्रमणबाट मृत्यु भएको शव व्यवस्थापनमा गण्डकी प्रदेशको तयारी कमजोर पनि देखिएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अर्जुन आचार्यले सेना, पोखरा महानगरपालिका, आफन्त र अस्पतालको सहकार्यमा उनको बिहानै अन्तिम संस्कार गर्ने बताए पनि त्यो यथार्थमा बदलिएन।

korona-deth1.jpgपिताको शव अन्तिम संस्कारको लागि लगेको हेर्दै गरेकी उनकी छोरी।

शव बाहन नपाउने, पाए चालक नहुने समस्या देखियो। बल्लतल्ल पोखरा–११, फूलबारी तलको सेतीमा लास गाड्ने सहमति जुट्यो। स्थानीयकाे बिरोध पनि भयो।

कोरोना संक्रमितको अन्तिम संस्कारको लागि बनाइएको कार्यविधि अनुसारका सुरक्षाका सबै उपाय अपनाउँदै गण्डकी अस्पतालको आइसोलेसनबाट शव उठाइयो। टाढैबाट श्रीमती र छोरीलाई अनुहार हेर्न दिइयो। बाँकी काम सुरक्षाकर्मीले गरे। उनको शव माटोमा मिल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .