गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसमेत गरेर यस प्रदेशमा संक्रमितको कूल संख्या २ सय २३ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (मंगलबार) बिहान जारी गरेको विज्ञप्तिअनुसार स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्षका ४ पुरुष, गोरखाको गोरखा नगरपालिका घर भएका ३१ वर्षीया महिला र ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका ७ पुरुष, गोरखाकै बारपाक सुलीकोट गाउँपालिकाका ५३ र २५ वर्षका २ महिला, नवलपुर बिनयत्रिवेणी गाउँपालिकाका १ जना १८ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
अहिले थपिएका संक्रमित सबै भारतबाट फर्केका व्यक्ति हुन्। उनीहरू सबैलाई स्थानीय आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकीका स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिएका छन्।
देशभर संक्रमितकाे संख्या ६ हजार नाघिसकेकाे छ।
प्रतिक्रिया