ad ad

समाज


अस्पतालको आइसोलेसनमा सँगै थिए, ९० वर्षीय संक्रमित र मृतक

अस्पतालको आइसोलेसनमा सँगै थिए, ९० वर्षीय संक्रमित र मृतक

वाशुदेव मिश्र
असार २, २०७७ मंगलबार १३:१९,

पोखरामा संक्रमण देखिएका ९० वर्षीय वृद्ध र कोराना संक्रमणकै कारण मृत्यु भएका वालिङका वृद्ध एउटै आइसोलेसनमा बसेको पुष्टि भएको छ।

स्याङ्जाको वालिङ स्थायी घर भई पोखराको भेँडीफारमतिर बस्दै आएका यी ९० वर्षीय वृद्ध जेठ २२ गते पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए। ज्वरोसमते रहेकाले उनलाई अस्पतालले आइसोलेसनमा राखेको थियो। पछि त्यो आइसोलेनसमा कोरोना संक्रमणसँगै मृत्यु भएका वालिङका वृद्धलाई पनि राखिएको थियो।

भारत हुँदै वालिङ र वालिङबाट गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका वृद्धको भने संक्रमणकै कारण मृत्यु भएको थियो। अहिले संक्रमण देखिएका वृद्धको आइसोलेसनमै कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो। डिस्चार्ज भएको भोलिपल्ट पनि ज्वरो देखिएपछि उनी पोखराकै पृथ्वीचोकमा रहेको सामुदायिक अस्पतालमा भर्ना भएका थिए।

त्यहाँ उपचाररत रहँदारहँदै उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो। अहिले उनको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।

‘हामीले उहाँहरुलाई अल्लो र पल्लो छेउ (आइसोलेसनको) मा राखेको हो, रिपोर्ट पनि नेगेटिभ आएको हो। उहाँलाई (अहिले संक्रमित) लाई कहाँबाट संक्रमण भयो भन्ने अनुसन्धानकै विषय हो’, पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर अर्जुन आचार्यले टेलिफोनमा भने, ‘त्यो दिन उहाँको नेगेटिभ छ तर एक मिनेट अघि नेगेटिभ देखिए पनि एक मिनेटपछि सर्न सक्छ।’

त्यो बेला उपचारमा संलग्नहरु सबैको रिपोर्ट नेगेटिभ नै भएको र अस्पताल विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार नै सुरक्षित रहेको बताउँदै उनले त्यो दिन बिरामीलाई कसले भेटेका थिए, डिस्चार्ज भएपछि भेटेकाहरुलाई पनि शंका गर्नुपर्ने अवस्था आएको बताए।

‘शंका सबैलाई गर्नुपर्‍यो’, उनले भने, ‘परमधाम गएकालाई पनि शंका गर्नुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .