ad ad

समाज


कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, ३ को मृत्यु

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो, ३ को मृत्यु

नेपालखबर
असार ४, २०७७ बिहिबार २:५८,

थप १८ जनामा संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार एक सय नाघेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४, प्रदेश अस्पतालको सुर्खेतमा दुई र दैलेखमा दुई गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार एक सय चार पुगेको तिवारीले बताए।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत छन्। त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/ एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना छन्।

कर्णाली प्रदेशका कूल सङ्क्रमितमध्ये कोरोनालाई जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४९४ पुगेको छ। बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन्।

महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना सङ्क्रमित कोरोना जितेर घर फर्केका महाशाखा प्रमुख तिवारीले जानकारी दिए। डोल्पा, दैलेख र सुर्खेतका एक/एक गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने अहिलेसम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ। रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन्।

डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य छ। जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएका स्थानीयले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .