ad ad

राजनीति


भारतसँगको भिडन्तमा चिनियाँ सैनिक पनि मारिएकै हुन् त? यसाे भन्छ चीन

भारतसँगको भिडन्तमा चिनियाँ सैनिक पनि मारिएकै हुन् त? यसाे भन्छ चीन

नेपालखबर
असार ४, २०७७ बिहिबार २:३२,

सीमा क्षेत्र पूर्वी लद्दाखको गाल्भान उपत्यकामा सोमबार राति चीन र भारतका सेनाबीच हिंसात्मक झडप भयो। त्यस क्रममा आफ्ना २० सैनिक मारिएको भारतले पुष्टि गरिसकेको छ।

तर चीनतर्फ कुनै क्षति भयाे कि भएन अझै स्पष्ट हुन सकेकाे छैन। 

यस घटनाबारे प्रतिक्रिया दिने क्रममा भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले हिंसात्मक झडपमा दुवै पक्षका सैनिक हताहत भएको उल्लेख गरेका छन्।

यस्तै भारतीय मिडियामा मंगलबारदेखि चर्चा चलिरहेकाे छ-  झडपमा केही चिनियाँ सैनिक पनि मारिएका छन्।  केही मिडियाले त अपुष्ट संख्या नै तोकेका छन्।

सोही सम्बन्धमा बुधबार चिनियाँ विदेश मन्त्रालयको प्रेस सम्मेलनमा समाचार एजेन्सी पीटीआईले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानलाई प्रश्न गरेको थियो।

उत्तरमा उनले यसो भने, ‘मैले भनें कि दुई देशका सैनिक खास समस्या समाधान गर्न कोसिस गरिरहेका छन्। मसँग कुनै त्यस्तो सूचना छैन, जुन म यहाँ जारी गरौं। मलाई विश्वास छ र तपाईंले देखिरहनुभएको छ, यो भएदेखि दुवै पक्षले वार्ताका माध्यमबाट विवाद सुल्झाउने प्रयास गरिरहेका छन्। सीमा क्षेत्रमा पुनः शान्ति स्थापना हुन सकोस् भनेर।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .