आफ्ना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण (कोभिड–१९) भएपछि पर्वतको पर्वत अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
शुक्रबार बिहान विज्ञप्ति जारी गरी अस्पतालले आफ्ना ५ स्वास्थ्यकमीलाई कोभिड पुष्टि भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा अर्काे सूचना नआउन्जेल बन्द गरिएको जानकारी दिएको हो।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया