ad ad

समाज


गण्डकीमा थप १४ जनामा संक्रमण, १७ जनाले जिते कोरोना

गण्डकीमा थप १४ जनामा संक्रमण, १७ जनाले जिते कोरोना

वाशुदेव मिश्र
असार १२, २०७७ शुक्रबार १४:४६,

गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या ८०६ पुगेको छ। पछिल्लो पीसीआर परीक्षणबाट विभिन्न जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या उकालो लागेको हो। 

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार गरिएको परीक्षणमा लमजुङका ६, कास्कीका १, गोर्खाका ५ जना र पर्वतका २ जनामा संक्रमण देखिएको हो। संक्रमितहरु सबै पुरुष छन्।

लमजुङको मध्यनेपाल नगरपालिकाका २ जना ५८ वर्षीयसहित ४५, ३१ र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो भने अर्का संक्रमित बेसिसहर नगरपालिकाका ५९ वर्षीय पुरुष हुन्।

यस्तै, संक्रमित हुनेमा कास्कीको मादी गाउँपालिकाका २३ वर्षीय, पर्वतको फलेवास नगरपालिका निवासी ७० वर्षीय र मोदी गाउँपालिका निवासी २३ वर्षीय पुरुष रहेका छन्।

गोरखाको पालुङटार नगरपालिकाका २० र २५ वर्षीय र भीमसेन थापा गाउँपालिकाका १७, २१ र २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएपछि उनीहरुलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी थालिएको छ।

यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्कीका १० जना पुरुष र ४ जना महिला, पर्वत र गोरखाका १÷१ जना पुरुष र स्याङ्जाका एक जना महिला गरि १७ जना शुक्रबार कोरोनालाई जितेर घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .