ad ad

समाज


पोखराका ५ सहित गण्डकी प्रदेशमा फेरि थपिए १६ संक्रमित

पोखराका ५ सहित गण्डकी प्रदेशमा फेरि थपिए १६ संक्रमित

वाशुदेव मिश्र
असार १३, २०७७ शनिबार १३:५८,

पोखरासहित गण्डकीका विभिन्न जिल्लाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार साँझ पोखरा महानगरपालिकाका ३ जना महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित महिलाहरु ३५, ३७ र ४० वर्षका भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

यस्तै स्याङ्जाको भीरकोट नगरपालिकाका २ जना र गल्याङ नगरपालिकाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ।

नवलपरासीका देवचुली नगरपालिकाका ६ जनामा पनि संक्रमण देखिएको छ। तीमध्ये ३ जना महिला रहेका छन्।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार हालसम्म गण्डकीमा संक्रमितको संख्या ८५४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .