ad ad

समाज


गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो, ७३६ निको भए

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो, ७३६ निको भए

वाशुदेव मिश्र
असार २८, २०७७ आइतबार ६:१३,

गण्डकी प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ११ सय ९२ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार तनहुँको ब्यास नगरपालिकाका १ जना, ऋषिङ गाउँपालिकाका ३, शुक्लागण्डकी नगरपालिकाका १ जना, भानु नगरपालिकाका १ जना गरी ६ जना रहेका छन्।

पर्वतको फलेवास नगरपालिकाका १ जना र महाशीला गाउँपालिकाका १ जना गरी २ जनामा संक्रमण पुष्टि भएको हो। बागलुङको जैमिनी नगरपालिकाका १ जना र ढोरपाटन नगरपालिकाका १ जना गरी २ जना, नवलपुरको मध्यबिन्दु नगरपालिकाकी १ महिला, स्याङ्जाको भिरकोट गाउँपालिकाका १ पुरुषमा संक्रमण देखिएको छ।

यसैगरि गोरखा सिरानचोकका १ र लमजुङको मध्यविन्दु र बेसिसहर नगरपालिकामा १/१ पुरुषमाा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा‍. विनोदविन्दु शर्माले जनाए । यता, गण्डकीमा अहिलेसम्म ७३६ जनाले कोरोनालाई जितेका छन्। 

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .