ad ad

समाज


५५ वर्षीय पूर्व शिक्षकले गरे ८० वर्षीय काकाको हत्या

५५ वर्षीय पूर्व शिक्षकले गरे ८० वर्षीय काकाको हत्या

वाशुदेव मिश्र
असार २८, २०७७ आइतबार १२:५,

बाँदर धपाउँदा ढुंगा हानेको विषयलाई लिएर चर्केको विवादकै बीच कास्कीको मादी गाउँपालिकाका एक व्यक्तिले आफ्नै ८० वर्षीय काकाको हत्या गरिदिएका छन्।

मादी गाउँपालिका–४,घामनुङका ५५ वर्षीय नवराज सापकोटाले शनिबार आफ्नै काका पर्ने ८० वर्षीय पिताम्बर सापकोटा र ७७ वर्षीय केशवराज सापकोटामाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पिताम्बरको पोखरामा रहेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो। अर्का घाइते केशवराजको अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार कृषि विषयमा डिग्री उत्तीर्ण गरेका र पेशाले पूर्वशिक्षक रहेका नवराजले रिसको आवेगमा आफूले खुकुरी प्रहार गरेको स्वीकारेका छन्। उनलाई प्रहरीले आइतबार बिहान पोखरा–१३ कसेरीबाट पक्राउ गरेको हो।

‘उनीहरुबीच पहिल्यैदेखि मिल्ती थिएन, शनिबार नवराजले बाँदरलाई ढुंगा हान्दा ममाथि किन ढुंगा हानेको भन्दै काकाले प्रश्न गरेपछि विवाद सुरु भएको रहेछ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘त्यसपछि अभियुक्तकी श्रीमतीले आफ्ना श्रीमानलाई तानेर लगेकोमा पछि रिसको आवेगमा आएर नवराजले खाना खाँदै गरेका काकामाथि खुकुरी प्रहार गरेका रहेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .