ad ad

समाज


पहिरो पीडितलाई दुर्लुङ समाज हङकङको नगद सहयोग

पहिरो पीडितलाई दुर्लुङ समाज हङकङको नगद सहयोग

वाशुदेव मिश्र
असार २८, २०७७ आइतबार १४:३९,

हङकङमा रहेको पर्वतका  दुर्लुङबासीहरुको संस्था दुर्लुङ सम्पर्क मञ्च हङकङले कुस्मा नगरपालिका–३, दुर्लुङका पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेको छ। 

मञ्चका सहसचिव विरोधविक्रम गुरुङले आइतबार पहिरो पीडितहरुलाई ५ लाख ३६ हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। मञ्चको तर्फबाट परिवारका सदस्य गुमाएका ओमबहादुर थापा र विकास विबिकलाई प्रति परिवार २ लाख, माइतीमा आएका बेला मृत्यु भएकी दिर्पा थापाको परिवारलाई ७० हजार सहयोग गरिएको उनले जनाए।

यसैगरी पहिरोमा घर भत्केका बिनोद सार्कीलाई २५ हजार, भुवन गिरीलाई १२ हजार १ सय सहयोग गरेको छ। यस्तै पहिरोमा बिस्थापित भएका नन्दी गुरुङ र पशुपति सिञ्जालीलाई प्रति परिवार १२ हजार रुपैयाँका दरले सहयोग गरिएको छ भने मानवीय उद्दारमा खटिएकी स्वास्थ्य चौकीकी कार्यालय सहयोगी इश्वरी शर्मालाई पनि ५ हजार सहयोग गरिएको छ।

मञ्चले हङकङमा सहयोग रकम संकलन गर्ने क्रममा पर्वत क्लब हङकङ र नमोबुद्ध आमा समुह हङकङको पनि ठुलो सहयोग रहेको अध्यक्ष मञ्चका अध्यक्ष उदिम गुरुङले जानकारी दिए। उनले माइतीमा आएकी चेली र भान्जाको नाममा नमुना अक्षयकोष स्थापना गर्न हङकङमा रकम संकलन भैरहेको पनि जानकारी दिए।

दिर्पा विवेक अक्षयकोषको रकमले भविष्यमा बाढी, पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई राहत दिने योजना रहेको छ। दुर्लुङमा जेठ ३१ गते राति गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .