मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ।
शुक्रबार गाउँपालिका कार्यालयमै करको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको मोरङका डीएसपी मानबहादुर राईले बताए।
खुकुरी प्रहार गर्ने स्थानीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते अध्यक्ष कार्कीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरतर्फ लगिएको डीएसपी राईले बताए।
गाउँपालिकाको पटके करको ठेक्का नदिएको निउँमा ठकुरीले अध्यक्षमाथि खुकुरी प्रहार गरेका हुन्।
आर्थिक वर्ष २०७६÷०७७ असार मसान्तसम्म कर उठाउने ठेक्का पाएका ठकुरीले साउन १ गतेबाट नपाएपछि विवाद गरेका हुन्। साउन १ देखि गाउँपालिका आफैंले कर उठाउन थालेपछि विवाद गरेको बुझिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया