ad ad

समाज


अनलाइनमा बालबालिकाको सुरक्षा कसरी गर्ने?

अनलाइनमा बालबालिकाको सुरक्षा कसरी गर्ने?

नेपालखबर
साउन २, २०७७ शुक्रबार ८:५८,

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ। ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हुने चाइल्ड सेफनेटले जनाएको छ। 

यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिनेछ। यसको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउँदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघुवंशीले बताए। शनिबार (साउन ३) देखि सुरु हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको छ। संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्बन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको रघुवंशीले बताए।

भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते(२० जुलाई) शनिवार आयोजना हुनेछ। साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग वियमा बालबालिकासँग छलफल हुनेछ।

कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ। यस सेसनमा अभिभावकको दृष्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ। यो सेसन साउन ५ गते साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ।

तेस्रो सेसन साउन ८ गते बिहीबार दिउँसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ। यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुर्व्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ।

चौथौ सेसन साउन १० गते शनिबार दिउँसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ। यस सेसनमा बालबालिका तथा युवाको नजरमा साइबर बुलिङ र हेट स्पीच विषयमा छलफल हुनेछ।

यसैगरी पाँचाै‌ सेसन साउन १२ गते सोमबार साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ। यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुर्व्यवहार र शोषण सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ।

छैठौं सेसन साउन १५ गते बुधबार साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ। यस सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भूमिका विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिनेछ।

कार्यक्रममा सहभागिता जनाउन यहाँ क्लिक गरी इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ भने यस लिंकमा गएर आफ्नो नाम र इमेल दर्ता गर्न सकिनेछ।

कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकीकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ। यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्वन्धित निकायमा गर्नपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ। कार्यक्रममा डिजिटल संवाद र लिभिङ विथ आइसिटीको सहकार्य र सहयोग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .