ad ad

कारोबार


डिजिटल टीभी अपरेटरद्वारा छुट्टै एसोसिएसन स्थापना गर्ने घोषणा, अध्यक्ष सुदीप आचार्य (भिडियाे)

डिजिटल टीभी अपरेटरद्वारा छुट्टै एसोसिएसन स्थापना गर्ने घोषणा, अध्यक्ष सुदीप आचार्य (भिडियाे)

नेपालखबर
साउन २, २०७७ शुक्रबार ९:२२,

डिजिटल टीभी अपरेटरहरुको छुट्टै एसोसिएन स्थापना हुने भएको छ। ‘डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल’ नामक संस्था दर्ता हुन लागेको हो।

एसोसिएसनको अध्यक्षमा डिशहोमका कार्यकारी अधिकृत सुदीप आचार्य चयन भएको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

समितिका सदस्यहरुमा दिनेश सुवेदी (म्याक्स टीभी),  प्रकाश घिमिरे (मेरो टीभी), विनय बोहोरा (भायो टीभी), विनोद तिमलसिना (ब्रोड टीभी), निरन राज भण्डारी (नेट टीभी), रविन सुवेदी (प्रभु टीभी) र अमित थापा (क्लियर टीभी) रहेका छन्।

मल्टी सर्भिस अपरेटरहरुले नयाँ संस्थाको आवश्यकता महशुस भएकाले स्थापना गर्न लागिएको दाबी गरेका छन्।

संस्थाका अध्यक्ष सुदीप आचार्यले डिजिटल टीभीमा नयाँ चुनौती देखिएकाले डिजिटल अपरेटरहरुको छुट्टै संस्था आवश्यक रहेको बताए।

‘भारतीय न्युज च्यानलहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध जथाभावी समाचार सम्प्रेषण गर्दा हामीले के गर्ने दुविधा भयो’, श्रेष्ठले भने, ‘डिजिटल अपरेटरको छुट्टै संस्था हुँदा कुनैपनि निर्णय गर्न सजिलो हुने आशा सहित संस्था स्थापना गरेका हौं।’

श्रेष्ठका अनुसार संस्थामा डिसहोम, म्याक्स टिभी, भायोनेट टीभी, प्रभु टीभी, क्लियर टीभी, सुबिसुलगायतका संस्थाहरुमा रहेका छन्।

उनले डिजिटल अपरेटरहरुको हकहितको लागि संस्थाले काम गर्ने दाबी गरेका छन् ।

‘केवल अपरेटरहरुको संस्था छ त्यसको आफ्नै महत्व रहेको छ,’ उनले भने ‘मल्टी सर्भिस अपरेटर (एमएसओ) हरुको भूमिका फरक भएकाले छुट्टै संस्था स्थापना गरिएको हो।’

पत्रकार सम्मेलनमा उनले हाल ४ भारतीय च्यानल बन्द गरेको जानकारी दिएका छन्। नेपालको विरुद्ध अफवाह फैलाउने एबीपी, आजतक, इन्डिया टिभी र जी न्युज सरकारको सल्लाहमा बन्द गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .