काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौँमा २ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पाटन अस्पतालमा काठमाडौँका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ।
योसँगै पछिल्लो २४ घण्टामा नेपालमा १४७ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ।
आज ३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्।
योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८४० पुगेको छ।
कोरोनाका कारण अहिलेसम्म नेपालमा ४३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया